Thursday, April 17, 2025
7.5 C
New York
Thursday, April 17, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

पेट्रोलियम पदार्थको मूल्यमा ठूलो गिरावट! हेर्नुहोस् नयाँ दरसूची

काठमाडौं – नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको निर्णयअनुसार आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले मूल्य घटाइएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो, दोस्रो, र तेस्रो श्रेणीका क्षेत्रमा क्रमशः प्रतिलिटर रु १६०.५०, १६२, र १६३ कायम गरिएको छ। डिजेल र मट्टितेलको हकमा भने प्रतिलिटर क्रमशः रु १५१.५०, १५३, र १५४ तोकिएको छ। यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १३२ मा समायोजन गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १,००५ मा निर्धारण गरिएको छ।

निगमले देशभरका डिपोलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज समेटिएका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य समायोजन गरेको जनाएको छ। एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर रु ३५.११ ले वृद्धि भए पनि अहिलेका लागि बिक्री मूल्यमा कुनै परिवर्तन नगरिएको निगमको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img