Thursday, April 17, 2025
7.5 C
New York
Thursday, April 17, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि (भिडियो)

काठमाडौं । अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डे को अन्त्येष्टि गरिएको छ ।

सोमबार साँझ परम्परागत हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।मुनाको शव दुई साताअघि अगस्ट २६ मा उनकै अपार्टमेन्टमा फेला परेको थियो ।

उनलाई चार गोली हानिएको थियो । त्यसमध्ये शरीरको अघिल्लो भागमा तीन र टाउकोको पछाडि एउटा गोली लागेको थियो ।मुनाकी आमा आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् ।

पाण्डेको शव फेला परेको दुई दिनपछि उनलाई गोली हान्ने ५१ वर्षीय बबी सिंह शाह भएको पहिचान गरिएको थियो । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

भिडियो हेर्नोस्–

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img