Friday, April 4, 2025
15.2 C
New York
Friday, April 4, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

मेसीलाई भेटाउन मुस्किल

अवार्ड जित्ने सन्दर्भमा अर्जेन्टीनी स्टार लियोनेल मेसीलाई भेटाउन मुस्किल जस्तै देखिन्छ। फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिने ‘द बेस्ट फिफा’ अवार्ड र बालोन डी ओर अवार्ड सर्वाधिक आठ–आठ पटक जित्ने उनी पहिलो र अहिलेसम्मकै एकमात्र खेलाडी हुन्।

३७ वर्षका मेसीको सो रेकर्डलाई खेलाडीले भविष्यमा भेट्टाउन वा तोड्न धेरै नै मुस्किल देखिन्छ। उनले फरक–फरक टिमबाट सबैभन्दा ठूला र प्रतिष्ठित बालोन डी ओर तथा फिफा बेस्ट अवार्ड जितेका छन।

सन २०२३ मा नयाँ क्लब मायामीबाट खेल्दै गर्दा फिफा अवार्ड र गत वर्ष २०२३ कै बालोन डी ओर अवार्ड जितेपछि मेसी अब तीन फरक–फरक क्लब र राष्ट्रबाट यी दुवै अवार्ड जित्ने इतिहासकै पहिलो र एक मात्रै खेलाडी बनेका हुन् ।

यस्तो रेकर्ड भविष्यमा कसैले जित्ने कुराको अनुमान वा कल्पना गर्न पनि कठिन हुन्छ । मेसीले बार्सिलोनामा छँदा बालोन डी ओर ६ पटक जिते भने फिफा अवार्ड पनि जिते। १७ वर्ष बार्सिलोनामा खेलेपछि सन् २०२१ मा क्लब छाडेर पिएसजी गएका उनले त्यहाँ पनि २०२१ मै बालोन डी ओर र फिफा अवार्ड दुवै जिते। त्यसपछि २०२३ मा उनी हालको क्लब मायामी पुगे।

मायामीका साथमा पनि मेसीले बालोन डी ओर र फिफा अवार्ड दुवै जिते। यसरी हेर्दा मेसीले तीन फरक–फरक क्लबका साथमा फुटबलका दुई सबैभन्दा ठूला र प्रतिष्ठित अवार्ड जितेका छन्।

केहि वर्षअघिसम्म उनलाई पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डोले टक्कर दिएपनि अवार्डको सन्दर्भमा भने उनी पनि मेसीभन्दा पछि नै छ। भविष्यमा उनले बनाएको यस्तो रेकर्डलाई उछिन्न जो कोहीलाई पनि सहज भने हुने छैन ।

मेसीको खेलबाट प्रभावित खेल हस्तीहरुले मेसीप्रति राखेका आफ्ना धारणा :

नोभाक जोकोभिच : म भाग्यशाली छु कि उनी टेनिस खेलाडी होइनन्, अन्यथा म कुनै टाइटल जित्न सक्दिनथेँ । मेसी सबैभन्दा महान फुटबल खेलाडी हुन् । म उनको खेल हेरेर रमाइलो गर्छु । “मैले अमेरिकामा एउटा रेस्टुरेन्टमा मेसीसँग भेटें । उनले मलाई टेनिसका टिप्स मागे । मैले भने,–‘कृपया मेसी, मलाई नसोध्नुस्, म तपाईलाई कुनै जानकारी दिनेछैन । तपाईले फुटबलमा प्रभुत्व जमाइसक्नुभएको छ र अहिले के टेनिसमा पनि प्रभुत्व जमाउन चाहनुहुन्छ ? होइन, होइन, फुटबल खेल्नुस् । म रिटायर भएपछि तपाई टेनिस खेल्न सक्नुहुन्छ ।’ मेसीले हाँस्दै मलाई भने,–‘म भाग्यशाली छु कि फुटबल खुट्टाले खेलिन्छ, हातले होइन ।’

थोमस मुलर : “हामी यथार्थवादी बनौं, बार्सिलोनाले मेसीबाट शतप्रतिशत लाभ उठाएको छैन । तपाईंसँग विश्वका सबैभन्दा उत्कृष्ट खेलाडी छन् र तपाई ठूलो क्लबको लागि खेल्नुहुन्छ भने पनि के तपाईले त्यही सरहको प्रतिस्पर्धाको स्तरमा नपुगेका खेलाडीहरूलाई साइन गर्नुहुन्छ? उनीहरूले मेसीको प्रतिभालाई खेर फाल्यो । हरेक पटक हामी बार्सिलोनाविरुद्ध खेल्दा, म एक खेलाडीलाई लड्दै गरेको देख्छु, त्यो मेसी हो, र म सोच्थे, यो प्रतिभा यसरी किन खेर गइरहेको छ भनेर । यदि उनी बायर्नमा भएको भए, हामी हरेक वर्ष सबै टाइटल जित्थ्यौं किनभने हाम्रो व्यवस्थापनले उच्च–स्तरका खेलाडीहरूलाई साइन गरेको थियो र मेसीसँग हामी सपनाको टिम हुने थियौं । यसका बावजुद, मेसीले बार्सिलोना छोडेनन् र एक्लैले क्लबलाई धेरै समय सम्हाले र अन्त्यमा व्यवस्थापनले उनलाई छोडिदियो, यो दुःखद थियो ।”
रामोस : “मेसी सबैभन्दा उत्कृष्ट छन् ।”
मोड्रिच : “मेसी इतिहासका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् ।”
क्रूस : “मैले कहिल्यै मेसी जस्तै खेलाडी देखेको छैन ।”
राउल : “मैले जति पनि खेलाडीहरूको सामना गरेको छु, मेसी सबैभन्दा उत्कृष्ट छन् ।”
कासियास : “मेसी मैले सामना गरेको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनले मलाई एक राम्रो गोलकीपर बनायो ।”
कासेमिरो : “यदि तपाईलाई फुटबल मन पर्छ भने, तपाईलाई मेसी मन पर्छ ।”
बेन्जेमा : “जसले मेसीको आलोचना गर्छ, उसलाई फुटबल थाहा छैन ।”

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img