Thursday, April 17, 2025
7.5 C
New York
Thursday, April 17, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

नेपाल फर्किने क्रममा तुल्सीपुरका चौधरीको मलेसिया विमानस्थलमा मृत्यु

वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका रुपलाल चौधरीको मृत्यु भएको छ । दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी  गत शनिबार दिउँसो नेपाल फर्किने क्रममा मलेसियाको क्वालालम्पुर एयरपोर्टमा नै मृत्यु भएको थियो ।

आफन्त परिवारका अनुसार गत शनिबार नेपाली समय अनुसार  ३ बजेको उनको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए।

सोही समयमा  रुपलाल अचानक ढलेर बेहोस भए। साथै उडान हुनुअघि आफन्तसँग कुरा गरेका थिए।चार वर्षअघि मलेसिया पुगेका चौधरी नेपाल फर्केने क्रममा मृत्यु भएसँगै गाउँ नै शोकमा परेको छ । उनको मृत्यु हृदयघातबाट भएको कारण जनाइएको छ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img